कार्यक्रमका झलकहरु
- स्वागत गीत विद्यालयका सांस्कृतिक परिवारबाट, स्वागत मन्तव्य प्रवन्ध निर्देशक भिम गुरुङ, शिक्षिका रेविका थापा र विद्यार्थी शमिर तमु
- शुभकामना मन्तव्यहरु
- विद्यालयका सांस्कृतिक परिवारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत, नाटक प्रर्दशन
- पि टि मार्चिङ प्रदर्शन , भेषभुषा प्रदर्शन
- अतिरिक्त क्रियाकलाप द्धारा निर्माण गरिएका हस्तकला सामाग्रीहरुको प्रदर्शन ।
- पुरस्कार वितरण , जलपान साँझ दिपावली
मदर ट¨समा हस्तलेखन प्रतियोगिता सम्पन्न
जेठ १९ देवदह
देवदह मदर टङस एकेडेमी देवदह ५ मितेरी गाउमा शुक्रबारीय अतिरिक्त कार्यक्रम अन्तर्गत कक्षा १ देखि १० सम्म नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १ रोजबाट स्वस्तिका बर्मा, लिलीबाट अंकिता पल्ली कक्षा २ रोजबाट यूनिका गुरुङ, लिलीबाट श्रेया गुरुङ प्रथम भएका छन् । त्यसैगरी कक्षा ३ रोजबाट प्रशंसा खाम्चा, लिलीबाट लक्ष्मी सिंजाली मगर, कक्षा ४ रोजबाट सुनिता बि.क. र लिलीबाट भुवन अधिकारी प्रथम भएका छन् । त्यसैगरी कक्षा ५ रोजबाट सलु सुनार, लिलीबाट दिव्या सुनार, कक्षा ६ रोजबाट सन्दिका थापा , लिलीबाट अस्मिता गुरुङ प्रथम भएका छन् । त्यसैगरी कक्षा ७ रोजबाट नविन गुरुङ, लिलीबाट अजित बि.क., कक्षा ८ रोजबाट ममता जि.सी र लिलीबाट लक्ष्मी अधिकारी प्रथम भएका छन् । त्यसैगरी कक्षा ९बाट आकृती गुरुङ र कक्षा १० बाट मुस्कान गुरुङ प्रथम हुन सफल भएका छन् । शिक्षकहरु सुजन दाहाल, लेलमाया गुरुङ, ममता सोनार, लिशा गुरुङ, विक्की दर्जी र विष्णु बलालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङको प्रमुख आतिथ्यता, साप्ताहिक अतिरिक्त कार्यक्रम विभाग प्रमुख सुवास ज्ञवालीको अध्यक्षता र शिक्षिका प्रेमा पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
११ औं वार्षिकोत्सव तथा आभिभावक दिवस समारोह
कार्यक्रमको रुपरेखा
- कार्यक्रम सञ्चालक – यमलाल शर्मा (सह प्रधानाध्यापक)
- सभाध्यक्ष – टौ वहादुर गुरुङ ( विद्यालय व्यवस्थापन समिती)
- प्रमुख अतिथी – मित्रलाल न्यौपाने (अध्यक्ष उच्च माध्यमिक शिक्षक संघ तथा प्राचार्य देवदह आदर्श बहुमुखी क्याम्पस)
- विशेष अतिथी – बिष्णु पन्थी (अध्यक्ष निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन नेपाल रुपन्देही)
- अन्य अतिथीहरु – विभिन्न विद्यालयहरुका प्रिन्सिपल तथा प्रतिनिधिहरु ,बुद्धिजिवीहरु, संघसस्था प्रतिनिधिहरु, वर्तमान तथा पुर्व विद्यालय व्यवस्थापन समितीका सदस्यहरु
१२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका झलकहरुः
- मिति २०६७ माघ १२ गतेः- विद्यालय व्यवस्थापन समितिको बैठक तथा कार्यविभाजन
- मिति २०६७ माघ १४ गतेः- पत्रकार सम्मेलन
- मिति २०६७ माघ १६ गतेः- अभिभावकहरुको बिचमा मैत्रीपूर्ण विविध खेलकुद कार्यक्रमहरु
- मिति २०६७ माघ १७ र १८ गतेः- विद्यार्थीहरुको बिचमा विविध खेलकुद र साहित्यिक कार्यक्रमहरु
- मिति २०६७ माघ २२ गतेः-बृहद १२ औँ बार्षिक उत्सब तथा अभिभावक दिवस समारोह ।