programs
देवदह मदरटङ्स् एकेडेमी
देवदह मदरटङ्स् एकेडेमीमा मातृभाषा संरक्षणबारे अन्तरक्रिया फाल्गुण ९, २०८१ शुक्रवार 221 । देवदह मदरटङ्स् एकेडेमीमा मातृभाषा संरक्षणबारे अन्तरक्रिया सम्पन्न भएको छ । हरेक बर्ष फेब्रुअरी २१ मनाइदै आइएको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘मातृभाषा संरक्षणमा स्थानीय सरकारको भूमिका र देवदह मदरटङ्स् एकेडेमीको योगदान’ विषयक अन्तरक्रिया आयोजना गरिएको हो । अन्तरक्रियामा बोल्ने वक्ताहरुले मातृभाषा संरक्षणमा परिवार, समाज, सामाजिक तथा जातीय संघसंस्था र सरकार सबै जिम्मेवार हूनुपर्ने बताएका छन् । भाषा, भेषभूसा र संस्कृति देशको सम्पत्ति भएको उल्लेख गर्दै वक्ताहरुले मातृभाषा संरक्षणमा देवदह मदरटङ्स् एकेडेमीको योगदानको प्रशंसा गरे । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले स्थानीय सरकार भाषा तथा विभिन्न जातजातिको पहिचानको संरक्षण र विकास गर्न प्रतिबद्ध रहेको बताए । “हामीले निरन्तर रुपमा लक्षित समुदायलाई आवश्यक बजेट विनियोजन गर्दै आएका छौं ।” उनले भने, “देवदहका सबै जाति, भाषा र समुदाय देवदहका सम्पत्ति हुन्, सबैको विकासको लागि हामीले भूमिका निर्वाह गर्छौं ।” कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख, नगर प्रवक्ता, भाषाविद तारा पोखरेल लगायतले मातृभाषाको संरक्षणमा समाज र सरकारको भूमिकाबारे चर्चा गरेका…
Read More