सुचना
news
भदौ ३ । देवदह मदरटङ्गस एकेडेमी देवदह नगरपालिका ६ मीतेरी गाँउमा आज विद्यार्थी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । माध्यमीक तह अन्तर्गतका ११२ जना विद्यार्थी सहभागी उक्त कार्यक्रममा विद्यार्थीहरुलाई कसरी पढाईमा ध्यान दिने, कसरी सफल हुने लगायतको विषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङ, भाईस प्रिन्सिपल यमलाल शर्मा, शिक्षक मनमाया थापा, देवराज गुरुङ र चित्र बहादुर सुनारीले सहजीकरण गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङको अध्यक्षता तथा शिक्षक देवराज गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Read Moreसुचना
पृष्ठ भूमीः
सयौं भाषा संस्कृतिमा धनी भएर पनि हामी अरुको भाषा संस्कृतिलाई अंगाल्दै आफ्नो अस्तित्व बिर्सदै गईरहेका छौं । अग्रगामी समून्नत नेपालको परिकल्पनामा हामीले धेरै इतिहास लेखि सकेका छौ तर त्यो इतिहासमा मात्र सिमीत छ । यथार्थमा हामी अन्धकार तिर धकेलिरहेका आभास भई रहेको छ । हाम्रो आफ्नो परिचय न त राज्यले संरक्षण गर्न सकेको छ, न त हामीले स्थापित गर्न सकेका छौ । राज्यले हरेक नागरिक र जाति जनजाति प्रतिको दायित्व बिर्सिएपछि समय समयमा ति शुल बनेर व्यक्त हुन्छन् र कैयौंको नरसंहार हुने गरेको घटना हाम्रो सामु ज्वलन्त प्रमाण छन् । तथापि हरेक जात जातिले आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्ष गर्नु अझै अहिलेको आवश्यकता रहि रहेको छ । राष्ट्रहरुले एक भाषा, एक जाति, एक धर्म र एकै संस्कृतिको नारा बोकि रहेकाले यहाका सबै जाति धर्म, भाषा संस्कृतिको सर्वनाश गरी आधिपत्य जमाउने षडयन्त्र हिजो देखि हाम्रो सामु छर्लङ्ग छ । त्यसैले हाम्रो बल बुद्धिले भेटे सम्म आफ्नो भावी सन्ततीलाई समेत आफ्नो…
Read More