विद्यालयको लक्ष्य तथा उद्देश्यहरु
दिन प्रतिदिन लोपोन्मुख भै रहेको गुरुङ्ग (तमु) भाषाको लिपी तथा संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले यस देवदह मदर टङ्गस एकेडेमी स्थापना गरिएको हुदा यसको प्रमुख लक्ष्य भनेको नै मातृभाषा तथा संस्कृतिको लेख्य रुपमा विकास गरि यसलाई अनन्त काल सम्म जीवन्तता प्रदान गर्नु हो । बुदाँगत रुपमा यसका उदेश्यहरु यस प्रकार रहेका छन् ।
लक्ष्य तथा उद्देश्यहरु
- तमु (गुरुङ्ग) तथा अन्य मातृभाषाहरुको पठान पाठन गरि संरक्षण सम्बर्धन गर्ने ।
- भाषा लिपी संस्कृतिको वारेमा खोज,विकास र अनुसन्धान गर्दै जाने ।
- तमु (गुरुङ्ग) संस्कृति तथा अन्य संस्कृति,परम्परा आदिको बारेमा प्रकाशित लेख रचना पुस्तक समाचार आदिको संकलन,अभिलेख खोज अनुसन्धान गर्दै यस सम्बन्धि पुस्तकालय स्थापना गर्ने । अन्य मातृभाषीहरु संग सहकार्य गरि विकासका लागि ऐक्यबद्धता जनाउने ।
- तमु (गुरुङ्ग) भाषा लगायत अन्य मातृभाषा अध्ययन गर्न इच्छुक देशका कुना काप्चाका भाषा प्रेमीहरुलाई भौतिक पुर्वाधार सम्पन्न गरि पठन�पाठनको ब्यवस्था मिलाउने ।
- मातृ भाषामा मात्र प्रतिस्पर्धा गर्ने र उक्त विषयमा उच्च शिक्षाको ब्यवस्था नेपाल सरकारले हाल सम्म पनि गर्न नसकेकोले अन्य विषहरुलाई पनि उतिकै महत्व दिई मातृभाषा पठन-पाठन इच्छाधिन विषयको रुपमा लैजाने ।
- मातृभाषामा कलम चलाउन सक्ने र बोल्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्ने ।
- हरेक विषयलाई समावेश गरिएकोले यस विद्यालयबाट उत्पादन भएको विद्यार्थी जुन सुकै क्षेत्रमा पनि योग्य र सक्षम हुन सक्ने बनाउने ।
- एउटा सुविधा सम्पन्न र गुणस्तरिय शिक्षा प्रदान गर्न सक्ने र मातृभाषाको संरक्षण र विकास गर्न सक्ने विद्यालयको रुपमा परिचित गराउने ।
- तमु (गुरुङ) भाषा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्न तमु (गुरुङ) संस्थाहरुबाट छात्रवृत्ति प्रदान गर्न अनुरोध गरि छात्रवृत्ति दिलाउने ।
हाल सम्मका प्रयासहरु
यस विद्यालयलाई नाफा कमाउने हैसियतले भन्दा पनि मातृभाषाको संरक्षण गर्ने उदेश्यले सामुदायिक रुपमा समाजका बुद्धिजीविहरुको संलग्नतामा सामुदायिक र सामुहिक रुपमा खोलिए तापनि यसमा संलग्न ब्यक्तिहरुले क्रमशस् हात झिक्दै जाने र कतैबाट सहयोग नपाए पछि विद्यालय ऋणमा डुब्दै गएको हो । जसले गर्दा विद्यालय निर्दिष्ट लक्ष्य भन्दा टाढिदै गयो । फलस्वरुप विद्यालय प्राय मृत भैसकेको थियो तर यसलाई पुनर्जीवन दिनको लागि युवा अवस्था देखि नै समाज सेवामा होमिएको ब्यक्तित्व श्री भिम गुरुङ्गले आफ्नो ब्यक्तिगत लगानीमा विद्यालयलाई हालको स्थितीमा दौडाउने काम गरिएको छ । हाल यस विद्यालयलाई सुविधा सम्पन्न र गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा स्थापित गर्ने प्रयास दिन रात भै रहेको छ । परिणाम स्वरुप हाल कक्षा नर्सरी देखि कक्षा नवम सम्म पठन-पाठन गराउन विद्यालय सफल भएको छ र अबको वर्ष देखि कक्षा दश हुदै बाह्र कक्षा सम्म पु�याउने लक्ष्य प्रारम्भ भएको छ । तमु (गुरुङ) भाषा कक्षा एक देखि पॉच सम्म पढाउनका लागि संस्थापक सहित ६ जना शिक्षक शिक्षीकाहरु लगातार रुपमा खटि रहेका छन् । यद्यपी यो मातृभाषा संरक्षणको महान कार्यमा लागि परेकोले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अगाडि बढिरहेको छ । बिभिन्न तमु नामका पत्र पत्रिकाहरुमा विद्यालयको परिचय तथा अवस्था बारेमा जानकारी दिनुका साथै विद्यार्थी हरु सहित सम्पुर्ण तमु संघ संस्थाहरुको अवलोकन भ्रमण र प्रथम चरणको अन्तरक्रिया समेत सम्पन्न गर्दा समेत तमु बुद्धिजिवीहरु ,शुभचिन्तकहरु र सम्पुर्ण तमु संघ संस्थाहरुको ध्यानाकर्षण यतातिर नहुंदा यो प्रयासमा यसको विकासमा निकै जटिलता थपिएको छ ।
विद्यालयका समस्याहरु
भनिन्छ �सुख लुकाएर लुक्छ रे दुस्ख लुकाएर लुक्न सक्दैन रे । यो प्रतिस्पर्धात्मक समय हो । हाल जम्मा ४५० जना विद्यार्थीमा करिव ८० प्रतिशत गुरुङ्ग, १० प्रतिशत मगर र १० प्रतिशत अन्य जातिका विद्याथीहरु यहा अध्ययन गर्छन् । यसमा पनि ५४ जना विद्याथी निस्शुल्क छात्रबृतिमा, केहि आधा शुल्कमा र दलित विद्यार्थीहरुलाई भर्ना शुल्क पूरै मिनाहा गरि पढाईएको छ । निम्न शुल्क भएकोले विद्यालयले भौतिक पुर्वाधार र उपयुक्त शिक्षक तलबमा ध्यान पुयाउन सकिएको छैन । यी समस्याहरुलाई बुदाँगत रुपमा केलाएर हेर्दा यस प्रकार छन् ।
- तमु भाषा प्रेमी र अन्य विद्यार्थीहरुका लागि आवासमा रही पठन पाठन गर्ने भौतिक सुविधा प्रदान गर्न सकिएको छैन, कम्पाउण्डलाई सामन्य घेरिएता पनि त्यति उपर्युक्त किसिमले विद्यालयलाई सुरक्षित राख्न सकिएको छैन ।
- तमु भाषा शिक्षकहरुलाई प्रर्याप्त मात्रामा तालिम, तलव, भत्ता तथा अन्य सुविधा दिन सकिएको छैन ।
- यातायातको सेवाबाट विद्यालय वञ्चित नभएता पनि सर्व सुलभ गराउन सकिएको छैन ।
- पार्किङ्को कुनै ब्यवस्था मिलाउन सकिएको छैन । स्वच्छ खाने पानीको पुर्णतया ब्यवस्था मिलाउन सकिएको छैन ।
- खेलकुद सामाग्री प्रर्याप्त छैन । कम्प्यृटरहरुको संख्या थोरै भएकोले विद्याथीहरुलाई अध्ययनमा असर परेको छ ।
- प्रयोगात्मक सामग्रीहरुको अपुग छ । उचित प्रयोगशालाको अभाव खट्किरहेको छ ।
- फर्निचर प्रशस्त मात्रामा प्रर्याप्त छैनन्, विद्यार्थीको चाप अनुसार थप्दै लानु पर्ने देखिन्छ ।
- पुस्तकालय भएतापनि पुस्तकालयमा आवश्यक पाठ्यपुस्तकहरुको पुर्ण ब्यवस्थित गर्न सकिएको छैन ।
- आवश्यकता अनुसार कक्षा कोठाहरुको अभाव छ । अर्ध पक्किलाई पक्कि बनाउने क्रम सुरु गरिए पनि सकिएको छैन ।
- अधिराज्य भरबाट तमु (गुरुङ)भाषा आवासमा रहि पढ्न पाउन मागहरु भए पनि छात्रबास गृह निर्माण गर्न नसकिएको अवस्था छ ।
यस्ता अनगिन्ति समस्याहरुका वावजुद पनि विद्यालयले निरन्तर संघर्ष गरिरहेको छ । उस्तै उदेश्य बोकेर खोलिएका विद्यालयहरु चारैतिरबाट असहयोग भए पछि बन्द भएका उदाहरणहरु पनि छन् । यसको दुरगामी प्रभाव भनेको एकदम गहिरिएर सोच्ने हो भने धेरै महत्व छ । हाम्रो आफ्नो जातिय पहिचान, भाषा संस्कृति लोप भएर गएमा हाम्रो परिचय र अस्तित्व त्यसै बिलाएर जान्छ । हामीमा गर्व गर्ने ठाँउ रहदैन । हाम्रा सन्ततीले भोली आफ्नो भाषा संस्कार खोजे भने हामीले के टत्र्याउने ? हाम्रो बाउ बाजेले आर्जेको भाषा संस्कृतिलाई हामीले माटोमा मिलायौ भने के इतिहासले हामीलाई माफ देला ? यो जिम्मेवार अहिलेका सचेत र बुद्धिजीवी ब्यक्तिहरुका काँधमा आएको छ । यसलाई सहयोग गरेर यस्ता विद्यालयहरु देशका कुनाकाप्चामा खोलिदै गइयो भने अवश्य पनि हाम्रो दायित्व पुरा हुनेछ र हामी सफल हुनेछौ । हाम्रा समस्याहरुलाई समग्रमा सम्पुर्ण गुरुङ्ग समाजले सामुहिक समस्याको रुपमा स्वीकार्नु भयो भने यसका समस्याहरु पक्कै पनि समाधान हुनेछ भन्नेमा हामी विश्वस्त छौं । देश नयाँ संविधान निर्माणको दिशातिर उन्मुख भै रहेको परिपे्रक्ष्यमा हाम्रो नैसर्गिक हक अधिकारको लागि हामी जागरुक हुनु आवश्यक छ । नैसर्गिक हक मध्ये हाम्रो भाषा पनि भएकोले यसले स्वतन्त्र रुपमा फक्रन र फुल्न पाउनु पर्छ त्यो दायित्व हाम्रो पनि हो ।