सुचना
पृष्ठ भूमीः
सयौं भाषा संस्कृतिमा धनी भएर पनि हामी अरुको भाषा संस्कृतिलाई अंगाल्दै आफ्नो अस्तित्व बिर्सदै गईरहेका छौं । अग्रगामी समून्नत नेपालको परिकल्पनामा हामीले धेरै इतिहास लेखि सकेका छौ तर त्यो इतिहासमा मात्र सिमीत छ । यथार्थमा हामी अन्धकार तिर धकेलिरहेका आभास भई रहेको छ । हाम्रो आफ्नो परिचय न त राज्यले संरक्षण गर्न सकेको छ, न त हामीले स्थापित गर्न सकेका छौ । राज्यले हरेक नागरिक र जाति जनजाति प्रतिको दायित्व बिर्सिएपछि समय समयमा ति शुल बनेर व्यक्त हुन्छन् र कैयौंको नरसंहार हुने गरेको घटना हाम्रो सामु ज्वलन्त प्रमाण छन् । तथापि हरेक जात जातिले आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्ष गर्नु अझै अहिलेको आवश्यकता रहि रहेको छ ।
राष्ट्रहरुले एक भाषा, एक जाति, एक धर्म र एकै संस्कृतिको नारा बोकि रहेकाले यहाका सबै जाति धर्म, भाषा संस्कृतिको सर्वनाश गरी आधिपत्य जमाउने षडयन्त्र हिजो देखि हाम्रो सामु छर्लङ्ग छ । त्यसैले हाम्रो बल बुद्धिले भेटे सम्म आफ्नो भावी सन्ततीलाई समेत आफ्नो मौलिक परिचय भित्र राख्न हामीले आफ्नो भाषालाई माया गर्ने, यस्को संवर्द्धन र संरक्षण गर्नु नितान्त आवश्यक भएको यथार्थतालाई आत्म साथ गरि यस विद्यालयको परिकल्पना गरिएको हो ।
मानिस जन्मेपछि उसको अस्तित्व जाति सँग गासिन्छ । त्यो जातिको अस्तित्वको लागि आफ्नै मौलिक भाषा हुन्छ र त्यो भाषालाई जिवन्त राख्न भाषा लिपि सागै संरक्षण सम्वर्धन गर्ने हाम्रो सामाजिक दायित्व हुन्छ । त्यही कुरालाई आत्मसाथ गरि गुरुङ (तमु) हरुको भाषा संरक्षणको हेतुले वि.सं. २०५५ सालमा यो विद्यालयको जन्म भयो । हाम्रो प्रयास महानतामा गौण छ तर गौण प्रयास महानताको पुरक हो भन्ने लाग्छ । हाम्रो मातृभाषाको संरक्षणार्थ जीवित राखिएको यो विद्यालय जातिय हक हित प्रति सर्मपित भई मुनाफा रहित ढङगले सञ्चालन गरिदै आएको छ ।
परिचयः
यस विद्यालयको प्रारम्भिक नाम “देवदह मदर टङ्गस ईङ्गलिस” स्कुल थियो । भगवान गौतम बुद्धको मावली स्थल कोलीया राज्यमा अवस्थित धार्मिक एवं ऐतिहासिक स्थान देवदहमा अवस्थित भएकोले देवदह राखियो । मातृभाषा पढाइने भएकोले मदर टङ्गस राखियो । त्यसै गरि अहिलेको अन्तराष्ट्रिय भाषाको रुपमा परिचीत अग्रेजी भाषालाई पनि एकै साथ लैजानु पर्छ भनेर इङ्गलिस स्कुल राखियो तर वि.स.२०५९ सालदेखि तत्कालिन श्री ५ को सरकारले निजी तथा आवसिय विद्यालयहरुलाई कम्पनी ऐन अन्र्तगत दर्ता गर्ने नियम लागू गरेपछि यस विद्यालयको नाम देवदह मदर मदर टङ्गस एकेडेमी को रुपमा कम्पनी ऐन अन्तरगत दर्ता गरी सञ्चालन गर्दै आईरहेका छौं । तमु छोंज धिं केन्दि्रय समितिले मिती २०६१ पौष ३ गते कान्तिपुर राष्ट्रिय दनिक मार्फत एक सूचना जारी गरी नेपाल अधिराज्य भर गुरुङ (तमु) भाषा पठन पाठन गर्ने पहिलो विद्यालयको दावि विरोधको लागि ३५ दिने सूचना जारी गरिएको र सो म्याद भित्र कसैले पनि दावि विरोध गर्न नआएकोले देवदह मदर टङ्गस एकेडेमी गुरुङ्ग -तमु) भाषा पठन पाठन गर्ने पहिलो विद्यालय घोषित भएको कुरा तमु छोंज धिं को २०६२ साल जेष्ठ १ गतेको विज्ञप्तिमा जनाइएको छ ।
विद्यालय परिवारको परिचय
- संस्थापक तथा प्रवन्ध निर्देशकः भिम गुरुङ
- संस्थापक तथा प्रिन्सिपलः राम बहादुर गुरुङ
- संस्थापक तथा भाइस प्रिन्सिपलः यमलाल शर्मा
- संस्थापक तथा लेखापालः रिम कुमार थापा
- शिक्षकहरुः देवराज गुरुङ, दिलिप सापकोटा ,प्रताप सिंह गुरुङ, गुरुङ ,चित्र वहादुर सुनारी मगर
- शिक्षिकाहरुः , पिनमाया गुरुङ ,लेलमाया गुरुङ ,हरिकला थापा,
- कर्मचारीहरुः सोमकाजि गुरुङ (बस चालक)
One Comment
Mr WordPress
Hi, this is a comment.
To delete a comment, just log in and view the post's comments. There you will have the option to edit or delete them.